रूसी सेनामा गएका थप एक नेपालीको मृत्यु

युक्रेनसँग युद्धमा रहेको देश रूसको सेनामा कार्यरत थप एक जना नेपाली युवकको मृत्यु भएको छ।

प्युठान नगरपालिका-४, काठेवरका सोमेश सुनारको मृत्युको खबर आएको नगरपालिकाका उपप्रमुख देवेन्द्र बर्माले जानकारी दिए।

बर्माका अनुसार सोमेशसँगै रूसी सेनामा गएका नेपालीले उनको मृत्युको खबर पठाएका हुन्। बर्माले सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएका हुन्।

‘रसियन सेनामा आबद्ध प्युठान नगरपालिका वडा नं. ४, काठेवर निवासी सोमेश सुनारको युक्रेन-रूस युद्धमा मृत्युु भएको खबरले मर्माहत भएको छु। उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्छु,’ उपप्रमुख बर्माले लेखेका छन्।

यससँगै रूसी सेनामा भर्ती भएर मृत्यु हुने नेपालीकाे संख्या ११ पुगेकाे छ। परराष्ट्र मन्त्रालयले यसअघि १० जनाकाे मृत्यु भएकाे विवरण सार्वजनिक गरेकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *