मधेश सरकारले माघ ३ गते स्वाभिमान दिवस मनाउने

मधेश प्रदेश सरकारले माघ ३ गते ‘स्वाभिमान दिवस’ मनाउने निर्णय गरेको छ ।

देश संघीय संरचनामा गएपछि राखिएको सांकेतिक नाम ‘प्रदेश नम्बर २’लाई प्रदेशसभाले ०७८ माघ ३ मा मधेश प्रदेश र राजधानी जनकपुरधाम पारित भएको थियो । यो दिन ऐतिहासिक रहेको भन्दै प्रदेश सरकारले ‘स्वाभिमान दिवस’मनाउने निर्णय गरेको हो ।

त्यस्तै माघ ५ गते मधेश सरकारले बलिदानी दिवस मनाउने र त्यस अवसरमा मधेश आन्दोलनसहित परिवार र घाइतेलाई आर्थिक सहयोग पनि गर्ने निर्णय गरेको छ। सो दिवसमा मधेश सरकारले वीरगञ्जमा कार्यक्रम आयोजना गर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर