गाजामा हमासका कमाण्डरसहित दर्जनौं लडाकु मारिएको इजरायली सेनाको दाबी

गाजामा इजरायली हवाई आक्रमणमा हमासका दर्जनौँ लडाकु मारिएका इजरायली रक्षा बलले शुक्रबार जनाएको छ ।

दक्षिणी गाजा सहर खान युनिसमा इजरायली लडाकु विमानले हमासको सैन्य परिसरमा आक्रमण गर्दा सात हमास लडाकुको मृत्यु भएको छ ।

मारिएकामध्ये अक्टोबर ७ मा गाजा क्षेत्रका समुदायहरूमा इजरायलीहरूको नरसंहारमा भाग लिएका भनिएका हमासको बौद्धिक नुखबा बलका कमाण्डर पनि रहेको बताइएको छ ।

इजरायली सेनाले खान युनिसमा रहेको एके-४७ राइफल र आरपीजी लञ्चर जफत गरी हतियार भण्डारण केन्द्र ध्वस्त पारेको छ । सेनाले भनेको छ, ‘मध्य गाजा सहर मघाजीमा इजरायली स्थल सेनाले नुखबा फोर्स कमाण्डरसहित करिब २० जना आतङ्ककारीलाई मारेको छ ।’

मगाजीको मध्य भागमा इजरायली सेनाले तीन जना सशस्त्र लडाकु हमासको सैन्य परिसरबाट बाहिर निस्केर आफूतिर अघि बढिरहेको देखेपछि आक्रमण गरेको थियो ।

गत अक्टोबर ७ मा गाजाको सीमा नजिकै दक्षिणी इजरायलमा रहेको इजरायली समुदायमाथि हमासले गरेको आक्रमणमा परी कम्तीमा एक हजार १४० व्यक्तिको मृत्यु भएको इजरायली पक्षले पुष्टि गरेको थियो ।

गाजामा हमासले बन्धक बनाएका पुरूष, महिला, बालबालिका, सैनिक र विदेशीको सङ्ख्या अहिले १३६ रहेको अनुमान गरिएको छ । इजरायली अधिकारीहरूले शवहरूको पहिचान र मानव अवशेषहरूको खोजी जारी राखेको र उक्त दिनदेखि अहिलेसम्म अन्य केही व्यक्तिहरू पनि सम्पर्कमा नआएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर