चन्द्रागिरिको सेतो पहरामा कार दुर्घटना, चार जनाको मृत्यु

काठमाडौँको चन्द्रागिरि नगरपालिका-४, पानीघाट नजिक हिमचुली सेतो पहरा भन्ने ठाउँमा आज दिउँसो भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।

काठमाडौँबाट चित्लाङतर्फ गइरहेको कार अनियन्त्रित भई सडकदेखि पाँच सय मिटर तल खसेर दुर्घटना भएको निमित्त प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

दुर्घटनामा काठमाडौँको मैतिदेवी बस्ने वर्ष ६७ वर्षीय ओमकार निधि तिवारी, सोही स्थानकी ६४ वर्षीया कल्पना तिवारी र काठमाडौँको लाजिम्पाट बस्ने डा महेशकुमार गौतम र सोही ठाउँका ४ वर्षीय प्रियान्स गौतमको मृत्यु भएको काठमाडौँ प्रहरीका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए ।

प्रहरीका अनुसार भ्यानमा सवार ६ जनामध्ये चार जनाको घटनास्थलमा नै मृत्यु भएको र दुई जना घाइतेलाई उपचारका लागि बल्खुस्थित बयोधा अस्पतालमा लगिएको छ । दुर्घटनामा ६ वर्षीया स्मारिका गौतम र उनकी आमा डा सृष्टि तिवारी घाइते छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर