सुनको मुल्य बढ्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

आज आइतबार सुन चाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ६ सय रुपैयाँले बढेर १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको हो।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदीको मूल्य आज २० रुपैयाँले बढेर १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर