न्यायाधीशपत्नीले गरिन् सर्वोच्च अदालतअगाडि आत्मदाहको प्रयास

न्यायाधीश भुवन गिरीकी श्रीमती आरती रावल गिरीले सर्वोच्च अदालतअगाडि आत्मदाहको प्रयास गरेकी छन्।

काठमाडौंको सामाखुसी बस्ने ३९ वर्षीया आरतीले न्यायाधीशसमेत रहेका श्रीमान भुवन गिरीलाई जबरजस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट छोडिएको विरोधमा आत्मदाह गर्न खोजेकी हुन्।

श्रीमान गिरीलाई थुनामा राखेर कानुनी कारबाही गर्न माग गर्दै उनले शरीरमा पेट्रोल छर्केर आत्मदाहको कोसिस गरेकी थिइन्।

उनलाई सर्वोच्च अदालत परिसरमा तैनाथ प्रहरीले तत्काल नियन्त्रणमा लिएर उपचारका लागि वीर अस्पताल लगेको बताइएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर