इजरायल-हमास युद्धको सय दिनमा कति भयाे मानवीय र भौतिक क्षति ? कस्ताे छ पछिल्लाे अवस्था ?

एक सय दिन पुरानो पछिल्लो इजरायल-हमास युद्ध कट्टर दुश्मनबीचको अहिलेसम्मको सबैभन्दा लामो, सबैभन्दा रक्तपातपूर्ण र सबैभन्दा विनाशकारी युद्ध हो ।

हमासले दक्षिणी इजरायलमा अक्टोबर ७ मा घातक आक्रमण गरेपछि युद्ध सुरू भएको हो । त्यसबेलादेखि इजरायलले लगातार गाजापट्टीमा हवाई र स्थल आक्रमण गरेको छ । युद्धले अभूतपूर्व विनाश भएको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुगमनकर्ताहरूका अनुसार इजरायली आक्रमणले गाजामा अधिकांश प्यालेस्टिनीहरूलाई विस्थापित गरेको छ भने गाजाका आधाभन्दा धेरै अस्पताल बन्द भएका छन् र ठूलो मात्रामा भोकमरी उत्पन्न गरेको छ ।

इजरायली सेनाले भीषण हिंसाबाट प्रभावित उत्तरमा कारबाहीलाई घटाएको बताएको छ तर दक्षिणमा उसले आफ्नो सम्पूर्ण शक्ति लगाएको छ । दक्षिण गाजामा हमासका नेता लुकेर बसेको इजरायली सेनाको भनाइ छ । यसैबीच युद्ध सुरू भएपछि लेबनानका हिजबुल्लाह मिलिसिया र इजरायल करिब प्रत्येक दिन सीमापार झडपहरूमा संलग्न भएका छन् ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालय र इजरायली अधिकारीहरूका साथै अन्तर्राष्ट्रिय पर्यवेक्षक र सहायता समूहहरूबाट प्राप्त इजरायल-हमास युद्धमा मारिनेहरूको सङ्ख्या प्रस्तुत गरिएको छ ।

कुल मृत्यु
गाजामा मारिएका प्यालेस्टिनीको सङ्ख्या : २३ हजार आठ सय ४३
इजरायलमा मारिएका मानिसको सङ्ख्या : एक हजारभन्दा धेरै

पश्चिम किनारमा मारिएका प्यालेस्टिनीको सङ्ख्या : तीन सय ४७

गैरसैनिक
गाजामा मारिएका सर्वसाधारण : युद्धमा मारिएका सर्वसाधारणको सङ्ख्या अज्ञात छ । मारिएका मानिसमा महिला तथा बालबालिकाकाको सङ्ख्या अनुमानित दुई तिहाइ छ ।

अक्टोबर ७ मा इजराइलमा मारिएका सर्वसाधारणको सङ्ख्या : सात सय ९०

गाजामा मारिएका संयुक्त राष्ट्रसङ्घका कर्मचारीको सङ्ख्या : एक सय ४८

गाजामा मारिएका स्वास्थ्यकर्मीको सङ्ख्या : कम्तीमा तीन सय ३७

गाजामा मारिएका पत्रकारको सङ्ख्या : ८२

सैनिक/लडाकु
अक्टोबर ७ मा मारिएका इजरायली सैनिकको सङ्ख्या : तीन सय १४
इजरायलद्वारा मारिएका लडाकुको सङ्ख्या : आठ हजारभन्दा बढी
गाजामा स्थल कारबाहीमा मारिएका इजरायली सैनिकको सङ्ख्या : एक सय ८८
उत्तरी मोर्चामा मारिएका इजरायली सैनिकको सङ्ख्या : नौ
गाजा र उत्तरमा मैत्रीपूर्ण गोलाबारी वा दुर्घटनाहरूमा मारिएका इजरायली सैनिकको सङ्ख्या : २९

गाजामा विनाश/मानवीय स्थिति
गाजाको सम्भावित क्षतिग्रस्त/नष्ट भवनहरूको प्रतिशत : ४५ देखि ५६ प्रतिशत
गाजामा आंशिक रूपमा काम गरिरहेका अस्पताल : १५-३६
विपत्तिजनक भोक र भोकमरीको सामना गरिरहेका प्यालेस्टिनी नागरिकको सङ्ख्या : पाँच लाख ७६ हजार छ सय (जनसङ्ख्याको २६ प्रतिशत)

गाजामा क्षतिग्रस्त स्कुल भवनहरूको प्रतिशत : ६९ प्रतिशतभन्दा बढीक्षतिग्रस्त मस्जिद : एक सय ४२
क्षतिग्रस्त चर्च : तीन
क्षतिग्रस्त एम्बुलेन्स : एक सय २१
विद्यालयबाहिर विद्यार्थी : छ लाख २५ हजार (शतप्रतिशत)

घाइतेहरू
गाजामा घाइते प्यालेस्टिनीको सङ्ख्या : ६० हजार पाँच
पश्चिम किनारमा घाइते प्यालेस्टिनीको सङ्ख्या : चार हजारभन्दा धेरै
घाइते कुल इजरायलीको सङ्ख्या : १२ हजार चार सय १५
स्थल आक्रमणमा घाइते हुने इजरायली सैनिकको सङ्ख्या : एक हजार ८५
अक्टोबर ७ देखि अहिलेसम्म घाइते हुने इजरायली सैनिकको सङ्ख्या : दुई हजार चार सय ९६

विस्थापन
गाजामा विस्थापित प्यालेस्टिनीको सङ्ख्या : १९ लाख (गाजाको जनसङ्ख्याको ८५ प्रतिशत)
उत्तरी र दक्षिणी सीमा समुदायबाट विस्थापित इजरायलीको सङ्ख्या : दुई लाख ४९ हजार दुई सय ६३ (जनसङ्ख्याको दुई दशमलव छ प्रतिशत)

बन्धक/कैदी
अक्टोबर ७ मा हमासद्वारा बन्धक बनाइएकाको सङ्ख्या : करिब दुई सय ५०
रिहा गरिएका बन्धकको सङ्ख्या : एक सय २१
अक्टोबर ७ मा बन्धक बनाइएका पट्टीमा रहेकाको सङ्ख्या : एक सय ३२
(क) एक सय ११ पुरूष, १९ महिला र दुई बालबालिका
(ख) एक सय २१ इजरायली र ११ विदेशी
मारिएका वा हमासको कैदमा मारिएका बन्धकको सङ्ख्या : ३३
युद्धमा एक साताको विरामका क्रममा रिहा गरिएका प्यालेस्टिनी कैदीको सङ्ख्या : दुई सय ४०

हतियार
इजराइलका तर्फबाट प्रक्षेपित रकेटको सङ्ख्या : १४ हजार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर