जनमतले उठायो गठबन्धनविरुद्ध उम्मेदवार

जनमत पार्टीले राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनविरुद्ध उम्मेदवार उठाएको छ ।

सत्ता गठबन्धनप्रति असन्तुष्ट जनाउँदै आएको जनमतले मधेश प्रदेशमा रामशंकर महासेठ र लुम्बिनी प्रदेशमा बालगोविन्द चौधरी थारुलाई उम्मेदवार बनाएको छ ।

यही माघ ११ गते हुने निर्वाचनमा आफ्ना उम्मेदवारलाई विजयी गराउन पनि जनमतले विज्ञप्तिमार्फत अपिल गरेको छ ।

यी दुई उम्मेदवार बाहेकका ठाउँमा माओवादी केन्द्र नेतृत्वका गठबन्धनका उम्मेदवारलाई समर्थन रहेको पनि जनमतले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *