टुँडिखेलमा भिड अनियन्त्रित बन्दा आठ जना घाइते

माघेसंक्रान्तिको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा भिड अनियन्त्रित बन्दा आठ जना घाइते भएका छन्।

कार्यक्रममाा सहभागी हुन गएका आठ जना भिड अनियन्त्रित भई गेटमा च्यापिएर घाइते भएका हुन्। प्रहरीका अनुसार घाइतेहरूको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ र उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य छ।

मगर समुदायको माघेसंक्राति र थारू समुदायको माघी मनाउन टुँडिखेलमा कार्यक्रम आयोजना गरिएको थियो।

सो कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने कार्यतालिका छ।

कार्यक्रममा सहभागी हुन पुगेकाहरू टुँडिखेल प्रवेश गर्ने क्रममा अनियन्त्रित बनेको प्रहरीले जनाएको छ।

प्रहरीले भिड नियन्त्रण गर्न लाठीचार्जसमेत गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर