म जति सफल हुनुपर्ने हो अझै भएको छैन : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू सोचेजस्तो सफल हुन नसकेको स्वीकार गरेका छन्। नेपाल मगर संघले आइतवार माघी पर्वको अवसर पारेर काठमाडौंको टुँडिखेलमा आयोजना गरिएकाे कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

प्रधानमन्त्री दाहालले पूर्वी नेपाललाई किरात प्रदेश बनाउने आफ्नो लक्ष्य पनि निर्वाचनमा पार्टीको हैसियत कमजोर हुँदा पूरा हुन नसकेको बताए। उनले नेपालका प्रथम सहिद लखन थापालाई राष्ट्रिय विभूति बनाउने मागप्रति आफू सहमत रहेको उल्लेख गर्दै त्यसमा पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

देशभक्तिका पक्षमा, जनताको परिवर्तनका पक्षमा, निरंकुशताका विरूद्ध लोकतन्त्रका पक्षमा बलिदान गर्ने सम्पूर्ण सहिदहरूप्रति उच्च सम्मान हुनुका साथै नेपालको क्रान्तिकारी आन्दोलन र राजनीतिक योद्धाहरूको पनि सम्मान हुने भएकाले पनि नेपालका प्रथम सहिद लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्ने कुरामा आफूले पहल गरिरहेको प्रधानमन्त्री दाहालले बताए।

प्रधानमन्त्री दाहालले संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणको कामलाई सरकारले राष्ट्रिय कार्यभारको रूपमा अघि बढाएको पनि बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *