सुडानमा शान्ति कायम हुने राष्ट्रसंघको विश्वास

सुडानका लागि संयुक्त राष्ट्रसंघका महासचिवका राजदूत रामताने लामाम्राले सुडानमा शान्ति र स्थायित्व कायम हुने र द्वन्द्व अन्त्य हुने सम्भावनाबारे आशावादी रहेको बताएका छन्।

सुडानको संक्रमणकालीन सार्वभौम परिषद्का अध्यक्ष र सुडानी सशस्त्र बल (एसएएफ) का जनरल कमाण्डर अब्देल फताह अल-बुर्हानसँग पोर्ट सुडानमा भएको भेटमा लामाम्राले उक्त टिप्पणी गरेका हुन्।

अल-बुर्हानले संयुक्त राष्ट्रका राजदूतलाई शान्तिपूर्ण समाधान खोज्ने प्रयासहरूबारे जानकारी गराए। सुडान सरकारको लोकतान्त्रिक रूपान्तरणप्रति प्रतिबद्धता र आमचुनावबाट समाप्त हुने संक्रमणकालीन अवधिमा जोड दिएको पनि दूत लामाम्राले बताए।

सुडानमा अप्रिल १५, २०२३ देखि एसएएफ र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सहरूबीच घातक झडपहरू हुँदै आएका छन्। द्वन्द्व सुरू भएदेखि सुडानभित्र र बाहिर ७.३ मिलियनभन्दा बढी मानिस विस्थापित भएका छन्। द्वन्द्वमा १२ हजार भन्दा बढी मानिस मारिएका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *