भूकम्प प्रभावित जाजरकोटमा भारतले बनाइदियो २०० अस्थायी आवास

भारत सरकारले नेपालको भूकम्प प्रभावित जिल्ला जाजरकोटमा २०० वटा अस्थायी आवास निर्माण गरिदिएको छ ।

गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निचयुडको भूकम्पपछि प्रभावित भएकाहरूको बसोबासका लागि भारत सरकारले २०० वटा अस्थायी आवास बनाइदिएको हो।

पहिलो चरणअन्तर्गत २०० वटा अस्थायी आवास निर्माण गरिएको र हालै भएको विदेशमन्त्री डा. एस जयशंकरको नेपाल भ्रमणका क्रममा ती आवासहरू नेपाल सरकारलाई हस्तान्तरण गरिएको काठमाडौंस्थित भारतीय राजदूतावासले जनाएको छ।

भारतले नेपाल विपद्मा पर्दा विशेष चासो र प्राथमिकताका साथ सहयोग उपलब्ध गराउँदै आएको छ।

जाजरकोटमा भूकम्प गएपछि सबैभन्दा पहिला राहत सामग्री सहयोग गर्ने बाह्य राष्ट्र पनि भारत नै हो। विभिन्न चरणमा गरेर भारतले करोडौंको राहत सामग्री उपलब्ध गराइसकेको छ।

यस्तै भारत सरकारका तर्फबाट नेपालमा भूकम्पपछिको पुनर्निर्माणमा १० अर्ब रूपैयाँ अनुदान सहयोगको घोषणा पनि विदेशमन्त्री जयशंकरको नेपाल भ्रमणमा भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर