नेपालमा छिट्टै पर्वतीय देशहरूको सम्मेलन हुँदैछ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा छिट्टै पर्वतीय देशहरूको सम्मेलन हुने बताएका छन्।

प्रधानमन्त्री दाहालले पर्वतीय देशहरूमा जलवायु परिवर्तनले पारेका असरबारे छलफल गर्न सो सम्मेलन आयोजना गर्नका लागि सरकारले गम्भीरताका साथ विचार गरिरहेको बताएका हुन्।

२६ औं भूकम्प सुरक्षा दिवसका अवसरमा मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पर्वतीय देशहरूका लागि संयुक्त राष्ट्रसंघले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि विशेष कार्यक्रम ल्याउन लागेको उल्लेख गर्दै त्यो नेपालका लागि खुसी र गौरवको विषय भएको पनि बताए।

प्रधानमन्त्री दाहालले स्थानीय सरकारलाई विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारीमा मजबुत बनाउने र साधन स्रोत सम्पन्न बनाउने कुरामा सरकार प्रतिबद्ध रहेको समेत बताए।

उनले प्रदेशमा विपद् व्यवस्थापनका लागि छुट्टै संयन्त्र बनाउने कामलाई पनि सरकारले अघि बढाएको बताए।

प्रधानमन्त्री दाहालले पश्चिम नेपालमा गएको भूकम्प प्रभावितहरूको आवास निर्माणका लागि बजेटको अभाव हुन नदिन सरकार सचेत रहेको पनि बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर