नेपाली चलचित्रमा विदेशी लगानी ल्याउने पहल भइरहेको छ : भुवन केसी

चलचित्र विकास बोर्डका अध्यक्ष भवन केसीले नेपाली चलचित्रमा विदेशी लगानी ल्याउनुपर्ने बताएका छन् ।

मंगलवार निफ-२०२४ बारे जानकारी दिन काठमाडौंमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपाली चलचित्रमा विदेशी लगानी ल्याउन सके अझ धेरै रकममा अन्तर्राष्ट्रियस्तरमा नेपाली चलचित्रहरूले प्रतिस्पर्धा गर्न सक्ने बताए।

उनले नेपाली चलचित्रमा विदेशी लगानीको प्रावधान नरहेको भए पनि आफूहरूले अहिले पहल गरिरहेको बताए। चलचत्रि निर्माणका लागि आवश्यक सामग्रीहरू ल्याउने वातावरण नरहेको उनको गुनासो छ।

अध्यक्ष केसीले चलचित्रका लागि सबैभन्दा ठूलो कुरा चलचित्र ऐन भए पनि पुरानो चलचित्र ऐनअनुसार अहिले चल्नुपर्ने बाध्यता रहेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *