देशमा नेपाली सिनेमा देखाउने चलचित्र घर नै छैन : नीर शाह

अग्रज कलाकार नीर शाहले नेपालमा चलचित्र क्षेत्र राष्ट्रिय र उद्योगका रूपमा विकास हुन नसकेको बताएका छन्। मंगलवार निफ-२०२४ बारे जानकारी दिन काठमाडौंमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले नेपालमा अहिलेसम्म पनि चलचित्र नामको कर्म मात्रै रहेको बताए। उनले चलचित्र कर्मलाई दिगो रूपले टेवा दिने उपयुक्त किसिमको पुँजी व्यवस्थापन नहुनु र बजार व्यवस्थापन नहुनु आजको हाम्रो चलचित्र कर्मको सबैभन्दा ठूलो चुनौति रहेको बताए।

उनले देशमा नेपाली सिनेमा देखाउने चलचित्र घर नै नरहेको बताए।

कलाकार शाहले आयातित चलचित्रले प्रश्रय पाउने गरी खोलिएका चलचित्र घरहरूमा नेपाली चलचित्र प्रदर्शनी गरेर चलचित्र क्षेत्रको विकास हुन नसक्ने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर