रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै, यस्ता छन् एजेन्डा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ ।

बैठक आज दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

बैठकमा आर्थिक, प्रशासनिक र विभागीय नियमावली, विभागहरुको कार्य प्रगति विवरण तथा आर्थिक विभागबाट सहकारी, लघुवित्त, बैंक, इन्सुरेन्स, रिइन्सुरेन्ससम्बन्धी भएको अध्ययन, बारेमा छलफल हुनेछ ।

यसका साथै, आर्थिक तथा प्रशासनिक नियमावली, विभागीय कार्यसञ्चालन नियमावली, केन्द्रीय अनुशासन आयोगले प्रस्ताव गरेको आचार संहिता, घरदैलो कार्यक्रमको रिपोर्ट, विभाग तथा केन्द्रीय सदस्यहरुलाई विभिन्न ऐनको संशोधन प्रस्ताव तयारी, अन्य काम तथा महाधिवेशनमा सहयोग गर्ने जिम्मेवारी दिने पार्टी सचिवालयको बैठकको निर्णय अनुमोदनका एजेन्डा पनि तय भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर