प्रोफेसर डा. अर्जुनदेव भट्टका चार कृति एकसाथ विमोचन

प्रोफेसर डा. अर्जुनदेव भट्टका चार कृति एकसाथ विमोचन भएका छन् । शनिवार काठमाडौंमा एक कार्यक्रमबीच वरिष्ठ न्युरोलोजिस्ट प्रा. डा. भट्टका कृतिहरू ‘मेरी आमा’, ‘समय यात्रा’, ‘युद्धबिना युद्ध’ र ‘रूपान्तरण’ विमोचन भएका हुन् ।

विमोचन समारोहमा बोल्दै वरिष्ठ साहित्यकार देवी नेपालले पुस्तकहरू सर्वसाधारणले बुझ्ने गरी लेखिएको बताए । उनले कृतिहरू वर्षौंवर्षसम्म रहिरहने सम्पत्ति रहेको बताए ।

कार्यक्रममा बोल्दै पुस्तक समालोचक डा. पुष्कार भट्टले पुस्तकमा पश्चिम नेपालको एउटा कुप्रथालाई देखाउन सफल भएको बताए । उनले सामाजिक चेतना, स्वाभिमान यात्रालाई प्रस्तुत गरिएको बताए । नागरिक नै बन्न नपाएको, विदेशीले अपहेलित गरेको, वैदेशिक रोजगारका समस्याहरूका विषय पनि पुस्तकमा देखाएको बताए ।

कार्यक्रममा पूर्वमन्त्री गणेश शाह, समालोचक पुरूषोत्तम दाहालले नेपाली समाज बिस्तारै अल्छी बनिरहेको बताए । उनीहरू किताबहरूमा कारूणिक किसिमको कथावस्तु रहेको बताए ।

कार्यक्रममा लेखक भट्टले जीवन एउटा संघर्ष भएको र कर्म सुखशान्तिको आधार भएको भन्दै किताबको मूल्यांकन पाठकलाई छोड्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर