राम मन्दिरको प्राण प्रतिष्ठाका लागि जनकपुरधामबाट अयोध्या रेल जाने

भारतको अयोध्यामा निर्माण भई रहेको राम मन्दिरको प्राण प्रतिष्ठाका लागि जनकपुरधामदेखि अयोध्यासम्म विशेष रेल आउने भएको छ। अयोध्या जाने रेलको टिकटको बुकिङसमेत खुलिसकेको छ ।

आइतबार बिहान साढे ६ बजे जनकपुरधामबाट अयोध्याका लागि रेल छुट्ने छ। त्यसका लागि आज राति भारतीय रेल जनकपुरधाम पुगेको छ। परराष्ट्र मन्त्रालयको पहलमा भारतीय दूतावासमार्फत भारतीय रेल्वेले श्रद्धालुको सहुलियतका लागि रेल पठाएको हो। अयोध्याका लागि आउने रेलको भाडासमेत निर्धारण गरिएको छ।

जसअनुसार दोस्रो श्रेणीको एसीको ३ हजार, तेस्रो श्रेणीको एसीको २ हजार र स्लिपर सिटको १ हजार नेपाली रुपैयाँ निर्धारण गरिएको छ। रेल आइतबार बिहान साढे ६ बजे अयोध्याका लागि छुट्नेछ भने सोमबार राति ११ बजे जनकपुरधामका लागि अयोध्याबाट छुट्नेछ। नेपाल रेल्वेलाई १ हजार ४ सयसम्म टिकट काट्ने अनुमति दिइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *