संसदीय समितिहरू क्यालेण्डरअनुसार चल्न सकेनन् : सभामुख घिमिरे

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय समितिहरू क्यालेण्डरअनुसार सञ्चालन गर्ने प्रयास भएपनि सफल नभएको बताएका छन् ।

आइतबार संसदीय समितिका सभापतिहरूसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले संसदीय समिति क्यालेण्डर बनाएर सञ्चालन गर्ने प्रयास भए पनि व्यावहारिक हुन नसकेको बताए ।

उनले अबको संसदलाई प्रभावकारी ढंगबाट लैजानका लागि क्यालेण्डर बनाएर कार्यान्वयन गरेर अघि बढ्ने गरी सभापतिहरूसँग छलफल भएको बताए । उनले हिउँदे अधिवेशन चाँडै बोलाउने र तयारी छिटो गर्ने काम भइरहेको बताए ।

सभामुख घिमिरेले संसदको महासचिव नियुक्तिबारे आफूले आफ्नो ठाउँबाट गर्नुपर्ने सिफारिस गरिसकेको र टुंग्याउनुपर्ने स्थानबाट छिटो टुंगिएला भन्नेमा आशावादी रहेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *