भारतबाट मस्काे उडेकाे रूसी विमान अफगानिस्तानमा दुर्घटना

भारतबाट रूसको राजधानी मस्कोका लागि उडेको डीएफ-१० विमान अफगानिस्तानको बदख्सान क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ ।

प्रारम्भिक जानकारी दिँदै अफगान मिडियाले यो भारतीय विमान भएको जनाएका थिए। तर, नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले दुर्घटनाग्रस्त विमान भारतीय नभएको पुष्टि गरेको छ। जानकारीअनुसार आइतबार बिहान विमान दुर्घटना भएको हो ।

नागरिक उड्डयन महानिर्देशनालयका एक वरिष्ठ अधिकारीका अनुसार विमान बदख्सान प्रान्तको कुरान-मुन्जन र जिबाक जिल्लाको तोपखाना पहाडमा दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनाग्रस्त विमान सानो आकारको एयरक्राफ्ट रहेको जनाइएको छ।

विमानमा ६ जना सवार रहेको आशंका गरिएको छ। हताहतीकाे  पुष्टि भइसकेकाे छैन। समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकी उड्डयन अधिकारीहरूले भनेका छन् कि त्यहाँ एक रूसी दर्ता विमान थियो, जसमा छ जना मानिस सवार रहेको विश्वास गरिन्छ।

जानकारीका अनुसार यो शनिबार साँझ अफगानिस्तानको राडार स्क्रिनबाट गायब भएको थियो। उक्त विमान भारतबाट उज्वेकिस्तान हुँदै मस्कोका लागि उडेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *