कैलालीमा मृत भेटियो पाटेबाघ

कैलालीको जानकी गाउँपालिका-९ मा रहेको अमरावती सामुदायिक वनमा पाटेबाघ मृत अवस्थामा फेला परेको छ ।

तारले बेरिएको अवस्थामा वयस्क पोथी पाटे बाघ मृत अवस्थामा भेटिएको सव डिभिजन वन कार्यालय लम्कीका फरेष्टर रामबहादुर रावलले जानकारी दिए । उनका अनुसार बाघको शरीरबाट दुर्घन्ध फैलिसकेकाले केही दिनअगाडि नै मरिसकेको हुनसक्ने देखिएको छ ।

स्याउला लिन जङ्गल पुगेका स्थानीयले मृत बाघ देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि डिभिजन वन कार्यालय लम्की, प्रहरी र स्थानीय सो स्थलमा पुगेका थिए ।

मृत बाघको मुचुल्का बनाई डिभिजन वन कार्यालय पहलमानपुर ल्याउने तयारी भइरहेको सव डिभिजन वन कार्यालय लम्कीका प्रमुख शेरबहादुर भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *