आफ्नै सवारी साधनबाट ट्रायल दिने व्यवस्था मिलाउन प्रदेश सरकारलाई सतर्कता केन्द्रको निर्देशन

राष्ट्रिय सतर्कता केन्द्रले प्रदेश सरकारहरूलाई सवारी चालक प्रयोगात्मक परीक्षा (ट्रायल) का लागि परीक्षार्थीलाई आफ्नै सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था मिलाउन निर्देशन दिएको छ।

सोमबार एक सुचना जारी गर्दै सतर्कता केन्द्रले सातवटै प्रदेश सरकारलाई पत्राचार गरी परीक्षार्थीहरूलाई आफ्नै सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था मिलाउन निर्देशन दिएको हो।

परीक्षार्थीहरूले प्रशिक्षण केन्द्रकै सवारी साधन प्रयोग गर्नुपर्ने र त्यसबापत प्रशिक्षण केन्द्रहरूले मनोमानी शुल्क उठाउने गरेको भन्ने उजुरीपछि सतर्कता केन्द्रले उक्त व्यवस्था लागू गर्न निर्देशन गरेको हो ।

साथै केन्द्रले ट्रायल दिने परीक्षार्थीहरुलाई स्वेच्छाले आफ्नो सवारी साधन प्रयोग गर्न दिन पाउने व्यवस्था मिलाउन र सो कार्यान्वयनको जानकारी केन्द्रलाई उपलब्ध गराउन निर्देशन दिएको हो।

केन्द्रले सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ लगायत कुनै पनि नेपाली कानुनमा परीक्षार्थीहरूले प्रशिक्षण केन्द्रकै सवारी साधन प्रयोग गर्नुपर्ने कुनै किसिमका बाध्यात्मक व्यवस्था उल्लेख नभएको समेत बताएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *