दैलेखमा चार महिनाभित्रै ग्यास उत्पादन !

दैलेखमा पेट्रोलियम अन्वेषणको कामले तीव्रता लिँदै गएको छ । भैरवी गाउँपालिका–१ जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण र स्थानीयलाई मुआब्जा वितरण गरेसँगै कामले तीव्रता लिएको हो ।

पेट्रोलियम पदार्थ अन्वेषण क्षेत्रका २७ घरपरिवारले ४५ रोपनी अधिग्रहण गरी प्रतिव्यक्तिले प्रतिरोपनी १ लाख ७५ हजार रुपैयाँका दरले मुआब्जा पाएसँगै अन्वेषण स्थलले गति लिएको हो । मुआब्जा वितरण भएर खानी तथा भूगर्भ विभागका नाममा लालपुर्जासमेत आइसकेकाले बाहिरी क्षेत्रमा कुनै समस्या छैन । अन्वेषणको काम सुरु गर्ने अन्तिम तयारी भइरहेको छ ।

जग्गा प्राप्तिले धेरै बाटो खुलेको र अबको चार महिनामा ४ किलोमिटर गहिराइमा पुग्ने योजना बनाएको पेट्रोलियम अन्वेषण परियोजना प्रमुख दिनेशकुमार नापितले बताए । चार महिनाभित्र ग्यास निस्कने आशामा रहेको उनको भनाइ छ ।

‘अब ज्वाला बलेको स्थानका तीन ठाउँमा ड्रिलिङको काम सकिन्छ, वर्षौंदेखि ग्यास बलेको पादुका, श्रीस्थान र नाभीस्थानमा कम्तीमा ४ किलोमिटर गहिरो ड्रिलिङ गर्नेगरी काम अघि बढाइएको छ,’ उनले भने ।

मुलुककै आर्थिक अवस्था सुधार गर्ने लक्ष्य लिएको पेट्रोलियम पदार्थ अन्वेषणको कामले तीव्रता लिएपछि छिट्टै प्रतिफल निस्कनेमा जिल्लावासी आशावादी छन् । अन्तिम तथा निर्णायक सर्वेक्षणका लागि अन्वेषणस्थलको काम तीव्र गतिमा अगाडि बढिरहेको आयोजनाले जनाएको छ । यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *