सहकारी प्रकरणमा रवि लामिछानेविरूद्ध सभामुख र संसदीय समितिसमक्ष उजुरी

सहकारीको रकम हिनामिना प्रकरणलगायतमा छानबिन माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछानेविरूद्ध सभामुख देवराज घिमिरे र संसदीय समितिसमक्ष उजुरी परेको छ । आफूलाई अभियन्ता बताउने युवराज सफलले मंगलवार सभामुख र संसद्को राज्य व्यवस्था तथा सुशासन समितिसमक्ष उजुरी दिएका हुन् ।

‘मिति २०८० पौष २२ गतेका दिन कान्तिपुर राष्ट्रिय दैनिक साथै इकान्तिपुर डटकम अनलाइन न्युज पोर्टलमा ३५ हजार बचतकर्ताको कम्तिमा ५२ करोड ग्यालेक्सी टीभीमा डुब्यो भन्ने शीर्षकको समाचारका साथै रवि लामिछानेको खातामा सहकारीबाट रु १ करोड ८० लाख डिपोजिट भएको प्रमाण सार्वजनिक भएको साथै रवि लामिछानेको रु १ करोड ८० लाखको गोरखा मिडिया नेटवर्कको शेयर खरिद विक्रिको कागज समेत सार्वजनिक भएको छ । तसर्थ निज रवि लामिछानेको सहकारी ठगी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले समेत सहकारी ठगी सम्बन्धी फाइलहरू जफत गरी अनुसन्धान गरेको अबस्था रहेको छ । अत ३५ हजार बचतकर्ताको करिव ५२ करोड घोटाला प्रकरणमा निज रवि लामिछानेको संलग्नता के-कसरी भएको हो सोको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न आवश्यक पर्ने भएकोले निज रवि लामिछानेको सहकारी ठगीसम्बन्धी विषयमा आवश्यक छानबिन गर्न संसदीय छानबिन समितिको आवश्यकता परेकोले तत्काल संसदीय छानबिन समिति गठन गरी दोषीलाई कारबाही र पीडितलाई न्याय दिनको लागि सम्माननीय सभामुखज्यूसमक्ष नेपाली नागरिकको तर्फबाट प्रस्तुत निवेदन पेस गरेको छु,’ सभामुखसमक्ष सफलले दिएको उजुरीमा भनिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर