बम्जनविरुद्ध मुद्दा हाल्ने किशोरीको बुवाको मृत्यु

रामबहादुर बम्जनविरुद्ध सर्लाही जिल्ला अदालतमा बाल यौन शोषणको मुद्दा हालेकी किशोरीका बुवाको मृत्यु भएको छ । सिन्धुली प्रहरीका अनुसार जिल्लाको भिमानमा मंगलबार ट्याक्टरले ती किशोरीको बुवालाई ठक्कर दिँदा दुर्घटना मृत्यु भएको हो।

कमलामाई नगरपालिका ९ कोरुंङखोला स्थित मदन भण्डारी राजमार्गमा भएको सवारी दुर्घटनामा उनको मृत्यु भएको हो । अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार डकाहाबाट भिमान तर्फ आउँदै गरेको प्र २—०४—००१ त ००१० नम्बरको ट्याक्टरले रौतहटबाट रौतहटबाट डकाहा तर्फ जाँदै गरेको बा ५८ प ९१४१ र रौतहटबाट डकाहा तर्फ जाँदै गरेको ना ११ प ५७५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्कर बाट घाइते भएका मोटरसाइकल चालक जिल्ला रौतहट गुजरा नगरपालिका २ का ६३ वर्षीय किशोरीका बाबुको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको हो। टाउको र अनुहारमा चोट लागेको अवस्थामा गम्भीर रहेको उनको उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको हो । उनको शव जिल्ला अस्पताल सिन्धुलीमा रहेको छ।

दुर्घटनामा ना ११ प ५७५० नम्बरको मोटरसाइकल चालक मकवानपुरको मकवानपुरगढी गाउँपालिका २ घर भएका ६३ वर्षीय विष्णु बहादुर थिङको दाहिने खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरी स्रोतले जनाएको छ ।

यसैबीच आफन्तले उनलाई षड्यन्त्र गरेर मारिएको हुन सक्ने आशंका गरेका छन् । ती किशोरीका बुवाले केही दिनअघि मात्रै आफ्नी छोरीलाई भएको यौन शोषणबारे अन्तर्वार्ता दिएका थिए।

ठक्कर दिने ट्याक्टरका चालक पुष्पलाल अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएर घटना अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *