राष्ट्रिय सभा निर्वाचन : ‘मौन अवधि’मा शेखर कोइराला निवासमा चियापान

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले चियापान राखेका छन्।

केन्द्रीय सदस्यसमेत रहेका नेता कोइरालाले नेता तथा कार्यकर्ताहरूलाई बोलाएर बुधबार बिहान विराटनगरमा रहेको निवासमा चियापान गरेका हुन्।

उक्त चियापानमा महामन्त्री गगन थापा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य मीनेन्द्र रिजाल, रामहरि खतिवडा, मीनबहादुर विश्वकर्मा, सरिता प्रसाईंलगायत उपस्थित थिए । यस्तै कांग्रेसका कोशी प्रदेशसभा सदस्यहरू, स्थानीय तहका प्रमुख तथा उपप्रमुख समेत सहभागी भए।

बिहीबार हुने राष्ट्रिय सभा निर्वाचनको मौन अवधि जारी छ। यो अवधिमा उम्मेदवार र मतदाता सहभागी गराएर कुनै पनि भेला, भोजभतेर र कार्यक्रम गर्न नपाउने निर्वाचन आचारसंहिता छ ।

त्यसलाई उल्लङ्घन गर्दै कोइरालाले चियापान कार्यक्रम आयोजना गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *