वाणिज्य बैंकहरू मर्ज भएजस्तै लघुवित्त र सहकारीहरू पनि मर्ज हुन आवश्यक छ : खेम पाठक

साना किसान विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष खेम पाठकले बैंक, वित्तीय संस्था र सहकारीबाट हुने कर्जा एकीकृत सूचना केन्द्रमार्फत हेर्न मिल्ने बनाउन जरूरी रहेको बताएका छन् ।

संस्थाका अध्यक्ष पाठकले अहिलेसम्म सहकारी र लघुवित्त वित्तीय संस्थाहरूबाट हुने कर्जा प्रवाह सूचना केन्द्रमा नआउने अवस्था रहेको बताए । सरकारले तत्काल बैंक, वित्तीय संस्था र सहकारीबाट हुने कर्जा एकीकृत सूचना केन्द्रमार्फत हेर्न मिल्ने बनाउन जरूरी रहेको बताएका हुन् ।

एनले सरकारले एकीकृत सूचना केन्द्र बनाए अहिले सहकारी र लघुवित्तहरूले कर्जा प्रवाहमा देखिएको समस्या न्यूनीकरण हुन सक्ने बताए । सहकारी र लघुवित्तबाट ऋण लिनेहरूको कर्जा सूचना केन्द्रमा हेर्न मिल्ने अवस्था नभएको भन्दै सूचना केन्द्रमा समावेश गराउने जिम्मेवारी सरकारको भएको बताए ।

वि.सं. २०७४ सालमा बनेको सहकारी ऐन अहिलेसम्म कार्यान्वयन नहुँदा पनि सहकारी क्षेत्रमा समस्या आइरहेका बताए । उनले बैंक, वित्तीय संस्था र सहकारीको समेत हेर्न मिल्ने गरी एकीकृत सूचना केन्द्र बनाउन आवश्यक रहेको बताए । न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै अध्यक्ष पाठकले एकीकृत सूचना केन्द्र बनाए वित्तीय संस्थाहरूलाई ऋण लगानी गर्न सजिलो बनाउने दाबी गरे ।

अहिले बैंक, लघुवित्त र सहकारीको ऋण लिने एकै व्यक्ति धेरै देखिएको पनि अध्यक्ष पाठकले बताए । बैंक, लघुवित्त र सहकारीबाट ऋण लिने तर नतिर्ने अवस्था रहेको र बैंक, लघुवित्त र सहकारीको ऋणबारे तीनवटै निकायलाई कुनै एकबाट ऋण लिएको भन्ने जानकारी नहुने अवस्था रहेको बताए । तीन निकायहरूबीच सूचना लिनेदिने संरचना नै नरहेको बताए ।

उनले सहकारी विभाग, सहकारी मन्त्रालय र स्थानीय सरकारमा विभाग बनाएर सहकारीलाई नियमन गर्ने भनिए पनि व्यवहारमा त्यस्तो नभएको बताए । उनले लघुवित्त वित्तीय संस्थाहरूको राष्ट्र बैंकले नियमनमा सञ्चालनमा रहेका संस्थाहरू अनुशासित रहेको उल्लेख गरे ।

राष्ट्र बैंकले नियमन गर्ने भनिए पनि आवश्यकभन्दा बढी लघुवित्त संस्था खोल्न अनुमति दिएका कारण अहिले समस्या भइरहेको उनको भनाइ छ । क्षमताअनुसारका संस्थाहरू स्थापना गर्नुपर्नेबारे सरकारले सोच्न जरूरी रहेको बताए । नियमन गर्न नसक्दा धेरै सहकारी जन्मिएको उनले बताए ।

अध्यक्ष पाठकले ३५ हजार बढी पुगेको सहकारी संख्या अहिले केही मर्ज भएर ३० हजारमा आएको बताए । उनले ३० हजार सहकारीमा ५० प्रतिशत सहकारी मात्रै राम्रो रहेको बताए ।

उनले बाँकी १५ हजार सहकारी नाम मात्र भएको र के काम गरिरहेका छन् भन्ने बारेमा अन्योलता रहेको बताए । उनले सहकारी वा लघुवित्त संस्था धेरै बनाउने भन्दा पनि गुणस्तरीय र स्तरीय बनाउनुपर्नेमा जोड दिए ।

अध्यक्ष पाठकले वाणिज्य बैंकहरू मर्ज भएजस्तै गरी लघुवित्त र सहकारीहरु पनि मर्ज हुन आवश्यक रहेको बताए । उनले एउटा स्थानीय तहमा धेरै एउटै प्रकृतिका लघुवित्त र सहकारी संस्था आवश्यक नहुने बताए ।

उनले एउटा स्थानीय तहमा धेरै लघुवित्त र सहकारी संस्थाहरू हुँदा एउटै मानिस धेरै संस्थामा सदस्य लिने, सबै संस्थाको शेयर लिने, पैसा जम्मा गर्नुपर्ने र ऋण लिने कुराले लघुवित्त र सहकारीमा अस्थिरता पैदा गर्ने गरेको बताए । त्यस्तै अध्यक्ष पाठकले लघुवित्त र सहकारीमा देखिएका पछिल्ला समस्या सही रूपमा पुँजी परिचालन गर्न नसक्दा आएको दाबी गरे ।

उनले सहकारी र लघुवित्तले कर्जा प्रवाह गर्ने काम मात्रै गर्ने तर संस्थाले गरेको लगानी कुन क्षेत्रमा लगानी भए/नभएको अध्ययन र अनुगनम नगर्दा समस्या पैदा भएको उल्लेख गरे । उनले एकअर्का बीचमा ग्राहक बढाउने र धेरै कारोबार गरी धेरै नाफा कमाउन खोज्दा पनि लघुवित्तमा पछिल्लो समस्या बाहिर देखिएको बताए ।

उनले एउटै व्यक्ति धेरै लघुवित्तमा सदस्य हुने र सबै लघुवित्तबाट कर्जा लिँदा थप समस्या भएको बताए । उनले एक जना मानिसले १० लघुवित्तहरूबाट ऋण लिएको बताए ।

उनले केही लघुवित्त वित्तीय संस्थाहरूले बाटोमा बसेर पनि लगानी गरेको आरोप लगाए । उनले वित्तीय संस्थाहरूले उत्पादन क्षेत्रमा लगाएको लगानी पनि जोखिम रहेको बताए । उनले उत्पादन क्षेत्रमा लगानी गरिए पनि उत्पादनको उचित बजार व्यवस्थापन नभएको भन्दै बजार व्यवस्थापन गर्नु राज्यको दायित्व भएको बताए ।

उनले संस्थाहरूले पशुपालनमा लगानी गरेको तर दुग्ध बजारमा बिक्री गर्ने वातावरण नभएको गुनासो रहेको बताए । उनले किसानले उत्पादन गरेको वस्तु बिक्री गर्ने बजारको व्यवस्थापन सरकारले गरी दिए मात्रै सबै मानिसहरू उत्पादनमा लाग्ने अवस्था बन्ने बताए ।उनले कर्जा प्रवाह गर्ने संस्थाहरूले अनुशासित भएर कर्जा प्रवाह नगर्दा समस्या भएको बताए । -न्यूज एजेन्सी नेपाल 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर