‘कमेडी च्याम्पियन’ को तेस्रो संस्करण फागुन ३ देखि

‘कमेडी च्याम्पियन’ को तेस्रो संस्करण फागुन ३ गतेदेखि प्रसारण हुने भएको छ। बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी गराइएको हो।

फागुनको ३ गते फिजिकल अडिसन देखाइनेछ। दुईवटा सिजनको सफलतापछि तेस्रो सिजन ल्याउन लागिएको निर्माण टिमले बताएको छ।

कार्यक्रम कान्तिपुर टेलिभिजनबाट प्रसारण हुनेछ। थ्री प्रोडक्सनको प्रस्तुति रहने यो संस्करणलाई उत्कृष्ट बनाइने निर्देशक विशाल भण्डारीले बताए।

शोमा ३३ एपिसोड प्रस्तुत हुनेछ। शोको डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ भने भोटिङ सहकार्य खल्तीसँग भएको छ।

शोको निर्णायक रूपमा प्रदीप भट्टराई, सन्तोष पन्त, ऋचा शर्मा र मनोज गजुरेल छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर