टर्कीको संसदबाट अनुमोदन भयो नाटोमा सहभागी हुने स्विडेनको प्रस्ताव

टर्कीका सांसदहरूले नाटोको ३२ औं सदस्य बन्ने स्विडेनको प्रस्तावमा लामो समयदेखि ढिलाइ भएको विधेयकलाई अनुमोदन गरेका छन् ।

टर्कीको संसदले ग्राण्ड नेसनल एसेम्बलीमा बहसपछि विधेयकमा मतदान गरेको थियो । मतदानमा कुल ३ सय ४६ सांसदले भाग लिएका थिए । जसमा पक्षमा २८७, विपक्षमा ५५ मत थियो । चार मत अनुपस्थित रहेको थियो ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले केही दिनभित्रै उक्त विधेयकमा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ । टर्कीको संसदको अनुमोदनलाई स्विडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले स्वागत गरेका छन् ।

रूसले २०२२ मा युक्रेनमा आफ्नो सैन्य अभियान सुरू गरेपछि स्विडेन र फिनल्याण्डले नाटोमा सामेल हुन आवेदन दिएका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *