सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

पछिल्लो चार दिन लगातार स्थिर रहेको सुन आज भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा ४०० रुपैयाँले घटेको हो ।

यस्तै छापावाला सुनको मूल्य एक लाख १८ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदी भने तोलामा २० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *