राष्ट्रियसभा निर्वाचन

कोशीमा सत्ता गठबन्धनका मतदाताले हाले एमाले उम्मेदवारलाई भोट, रूक्मिणी कोइराला विजयी

राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशमा ‘फ्लोर क्रस’ भएको पाइएको छ । सत्ता गठबन्धनका उम्मेदवारले नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गठबन्धनका उम्मेदवारलाई भोट हालेको पाइएको हो ।

९३ प्रदेशसभा सदस्यको मतगणना हुँदा महिलातर्फ एमाले उम्मेदवार रूक्मिणी कोइराला ४९ मत पाएर विजयी भएकी छन्।

सत्ता गठबन्धनको समर्थन पाएकी नेकपा (माओवादी केन्द्र) की उम्मेदवार चम्पा कार्कीले ४४ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

राष्ट्रियसभा चुनावमा सहकार्य गरेका एमाले र राप्रपाका गरी कोशी प्रदेशसभामा ४६ सांसद छन् । तर, एमाले उम्मेदवारले ४९ मत पाएकाले सत्ता गठबन्धनको ३ मत उनले पाएको खुलेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर