राष्ट्रियसभा निर्वाचन

गण्डकीबाट राष्ट्रियसभा सदस्यमा कांग्रेसका किरणबाबु श्रेष्ठ विजयी

राष्ट्रियसभा निर्वाचनमा गण्डकी प्रदेशबाट अन्य क्लष्टरतर्फ नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठ विजयी भएका छन् ।

बिहीबार सम्पन्न निर्वाचनबाट उनले ३ हजार ८ सय ८ मतभार पाएर विजयी भएका हुन् । श्रेष्ठलाई स्थानीय तहतर्फ १ सय र प्रदेशसभा तर्फ ३६ जनाले मत दिए ।

विपक्षी नेकपा (एमाले) का चक्रबहादुर पराजुलीले २ हजार ४ सय ७७ मतभार पाए । उनलाई स्थानीय तहतर्फ ६९ जना र प्रदेशतर्फ २२ जनाले मतदान गरेका थिए ।

अन्य कोटामा गठबन्धनको स्थानीय तहतर्फ १ जनाले मत क्रस गरेका छन् ।

प्रदेशसभामा सत्ता गठबन्धनको ४७ मत रहेकामा नेकपा (माओवादी केन्द्र) की उम्मेदवार कार्कीले ४४ मत मात्र पाएकी छन् ।

यद्यपि, स्थानीय तहका प्रमुख र उपप्रमुखको मत भने गन्न बाँकी नै छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ५३ छ । यसअनुसार एमाले उम्मेदवार कोइरालाले २५९७ मतभार पाएकी छन् भने माओवादी उम्मेदवार कार्कीले २३३२ मतभार पाएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर