राष्ट्रियसभा निर्वाचन

लुम्बिनीबाट माओवादीका झक्कु सुवेदी र कांग्रेसकी विष्णुकुमारी सापकोटा विजयी

लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । बिहीवार सम्पन्न निर्वाचनको मतपरिणामअनुसार महिला क्लस्टरमा नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा र अन्य कलस्टरमा नेकपा (माओवादी केन्द्र) का झक्कुप्रसाद सुवेदी विजयी भएका हुन् ।

नेकपा (एमाले) बाट झपेन्द्रबहादुर घर्ती क्षेत्री, तुलसाकुमारी केसीले उम्मेदवारी दिएका थिए भने राप्रपाबाट विजयालक्ष्मी सिंह र जनमत पार्टीबाट बालगोविन्द चौधरी उम्मेदवार थिए । औपचारिक घोषणा हुन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर