व्यवसायी भन्छन्- सरकारले भन्सारबाट हुने अवैध कारोबार राेक्न नसक्दा राजस्वमा कमी आयाे

सरकारले भन्सारबाट हुने अवैध कारोबार रोक्न नसक्दा राजस्वमा कमी आएको व्यवसायीहरूले बताएका छन् । शुक्रवार अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै व्यवसायीहरूले भन्सारमा बिन्दुबाट नै अवैध कारोबार हुने गरेको भन्दै सरकारले रोक्न नसकेको बताए ।

उनीहरूले भारतबाट दिनभर साइकलमा सामान ओसारपसार गर्ने र बेलुका ट्रकमा गाउँगाउँमा पुर्‍याउने गरिएको बताए । उनीहरूले भन्सारमा आयातकर्ताको विवरण, उपभोग्य म्याद गुज्रिने अवधि आदि मापदण्ड पूरा नगरेका वस्तुहरू भन्सार बिन्दुमा नै रोक लगाउने भनिए पनि कार्यान्वयन फितलो भइरहेको बताए ।

व्यवसायीहरूले व्यवसायीहरूलाई भन्सारमा सहजताका लागि भन्सार प्रणालीलाई पूर्ण रूपमा डिजिटलाइज गर्न जरूरी रहेको बताए । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले भन्सार प्रणालीलाई व्यवस्थित गर्नका लागि कारोबार मूल्यलाई मान्यता दिएर भन्सार लिने प्रक्रिया खारेज गर्नुपर्ने बताए ।

यसलाई खोरज गरी औपचारिक व्यवसायिक वातावरण बनाउन आग्रह गरे । उनले नेपालमा व्यावसायिक गतिविधि आधुनिक र प्राविधिमैत्री बन्दै भएकाले भन्सार प्रशासनलाई पूर्ण रूपमा डिजिटलाइज बनाएर राजस्वमा वृद्धि गर्न आवश्यक रहेको बताए ।

उनले पछिल्लो समय अर्थतन्त्र सकारात्मक बन्दै गएको भन्दै अर्थतन्त्रलाई अझ सुदृढ र सवल बनाउनका लागि कर्जाको दोब्बर ब्याजदरलाई सिंगल डिजिटमा ल्याउन सरकारले पहल गर्नुपर्नेमा जोड दिए ।

उनले बैंकहरूमा रहेको ६ खर्ब रूपैयाँभन्दा बढीको तरलतालाई चलायमान बनाउन घरजग्गा र शेयर कारोबारमा कायम रहेको जोखिम भार १२५ लाई घटाएर सयमा ल्याउन आवश्यक रहेको बताए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले भन्सारबाट हुने अवैध कारोबारका कारण सरकारले राजस्व गुमाइरहेको दाबी गरे । उनले सरकारलाई भन्सारबाट हुने अवैध कारोबार रोक्ने विषयमा ध्यान दिन आग्रह गरे ।

उनले भारतबाट मालवाह सवारीहरू खाली फर्कन ७२ घण्टा र नेपालबाट सामान लिएर फर्कँदा थप ४८ घण्टामा भन्सारमा कुनै शुल्क नलाग्ने व्यवस्था गर्न माग गरे । उनले नेपालमा सामान लिन आउने सवारी साधनलाई दुई दिनसम्म शुल्क नलाग्ने व्यवस्था गर्नुपर्ने बताए ।

उनले भारतबाट नेपालमा सामान लिएर आउने मालवाहक सवारी साधनहरूलाई फिर्ता जान ७२ घण्टाको भन्दा बढी समय नेपालमा बस्नुपर्दा प्रतिदिन २ हजारका दरले थप शुल्क लाग्ने प्रावधान रहेको बताए ।

भारतबाट खाली सवारी साधन मगाउँदा प्रतिदिन २ हजार ५ सय रूपैयाँका दरले भन्सार शुल्क लिने प्रावधानले नेपालबाट निर्यात हुने सिमेन्टलगायत निर्यातजन्य वस्तुहरू महँगो हुन गई प्रतिस्पर्धी क्षमता गुमाइरहेको बताए ।

उनले आयातकर्ताको विवरण, उपभोग्य म्याद गुज्रिने अवधिलगायतका मापदण्ड पूरा नगरेका वस्तुहरू आयात भइरहेकामा यस्ता वस्तुहरू भन्सार बिन्दुमा नै रोक लगाउने व्यवस्था लागू भए पनि प्रावकारी कार्यान्वयन नभएको बताए ।

उनले आयात हुने वस्तुहरूको लेभलिङ लगाएको वा नलगाएको भन्नेबारे भन्सार बिन्दुमा जाँच गर्न आवश्यक रहेको बताए । उनले भारतबाट अवैध कारोबार हुनुमा १३ प्रतिशतको भ्याटको कारण भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर