सवारी दुर्घटनाबाट दैनिक छ जनाको मृत्यु, दुर्घटना न्युनिकरणमा विज्ञको सुझाव सुन्दैन सरकार

सवारी दुर्घटनामा दैनिक ६ जनाको मृत्यु र १२ जना गम्भीर घाइते हुने गरेका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो साढे १५ वर्षमा (०६५/६६ देखि ०८०/८१ मंसिरसम्म) देशभर ३ लाख १६ हजार २१२ सवारीसाधन सडक दुर्घटनामा परेको रेकर्ड छ ।

अर्थात् दैनिक औसत ५५ सवारी दुर्घटना भए । साढे १५ वर्षमा कुल ३२ हजार ८ सय ६१ जनाले सवारी दुर्घटनामा ज्यान गुमाए । ७१ हजार ७ सय ९९ जना गम्भीर घाइते भए ।

नेपालमा सडक दुर्घटनाबाट मृत्यु र घाइते हुनेमा महिलाको तुलनामा पुरुषको संख्या बढी छ । ०७८/७९ को तथ्यांकअनुसार देशभर ३९ हजार ३७९ सवारी दुर्घटना हुँदा मृत्यु हुने महिला ४५० र पुरुष २ हजार २११ थिए ।

गम्भीर घाइते हुने महिला १ हजार ३२० र पुरुष ५ हजार १४७ जना थिए । सडकमा सवारी दुर्घटना नेपालमा मात्रै होइन, विश्वकै समस्या बनेको छ । विश्व स्वास्थ्य संगठनले सन् २०२३ को डिसेम्बरमा प्रकाशित गरेको अध्ययनअनुसार विश्वभर हरेक वर्ष औसत ११ लाख ९० हजारले सडक दुर्घटनामा ज्यान गुमाइरहेका छन् ।

सवारी चालकको तीव्र गति, मादक पदार्थ सेवन तथा मानसिक असन्तुलन, मोटरसाइकल चालकले हेल्मेटको प्रयोग नगर्ने, सिट बेल्ट नलगाउने, बच्चालाई असुरक्षित तरिकाले बोक्ने, सवारी चलाउँदा विचलित हुने, असुरक्षित सडक संरचना र मानवीय त्रुटिले हुने दुर्घटनामा विश्वभर बर्सेनि २ देखि ५ करोड मानिस घाइते हुने गरेका छन् । घाइतेमध्ये धेरैलाई अपांगता भएको छ । यो समाचार कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर