अध्यक्ष नेपाल भन्छन् : भ्रष्टाचार नियन्त्रण र सुशासनसम्बन्धी अझै काम गर्नुपर्ने आवश्यकता छ

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनसम्बन्धी अझै काम गर्नुपर्ने आवश्यकता औल्याएका छन्।

आइतबार पार्टीको केन्द्रीय परिषद्को दोश्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनसम्बन्धी अझै काम गर्नुपर्ने आवश्यकता औल्याएका हुन्।

‘गठबन्धनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बनेको छ। यो सरकारले जनपक्षीय काम गर्ने प्रयत्न गरिरहेको छ। भ्रष्टाचार नियन्त्रण र सुशासनसम्बन्धी काम अझै गर्नुपर्ने आवश्यकता छ,’ उनले भने।

यस्तै, उनले मुलुकको वर्तमान अवस्थामा जनताको निराशा र आक्रोशलाई उपयोग गर्दै प्रतिगमनकारी र पश्चगमनकारी विद्यमान व्यवस्था परिवर्तनको नाममा विभिन्न गतिविधि गरेर राजनीतिक अस्थितरता पैदा गराउने र सामाजिक सद्भाव खलबल्याउने अवस्था भइरहेको समेत दाबी गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *