राष्ट्रियसभा निर्वाचनबारे अध्यक्ष नेपालको ब्रिफिङ् : एक सिट जितेर एमाले शून्य हुनबाट जोगियो

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभा निर्वाचनमा एमाले शून्य हुनबाट जोगिएको दाबी गरेका छन्।

आइतबारबाट काठमाडौंमा शुरु भएको पार्टीको केन्द्रीय परिषद्को दोस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राष्ट्रियसभा निर्वाचनमा एमाले शून्य हुनबाट जोगिएको दाबी गरेका हुन्।

अध्यक्ष नेपालले भने, ‘नेकपा एमालेले गठबन्धनमा रहेका दलहरुसँग सहकार्य गर्ने र गठबन्धनलाई कमजोर बनाउने नीति लिएको थियो। राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनसँग सहकार्यका लागि एमालेले वार्ता, छलफल र संवाद गर्यो पनि। वास्तवमा यो सबै भनेको हाम्रो पार्टीको बिरुद्धमा नै लक्षित थियो। यस अर्थमा पनि त्यो सहमति सफल हुन सकेन। सत्तारुढ दलहरु एकजुट भएर उभिइसकेपछि नेकपा एमालेको हामीलाई कमजोर बनाउने प्रयत्न असफल भयो। यस्तो अवस्थामा नेकपा एमालेले राप्रपासँग गठबन्धन गर्न पुग्यो। यस स्थितिमा कोशी प्रदेशमा एक सिट जितेर यो निर्वाचनमा एमाले शुन्य हुनबाट जोगिएको छ। राष्ट्रिय सभाको निर्वाचनको परिणामले सत्ता गठबन्धनमा उलटफेर हुने अवस्था नरहे पनि भोट क्रसिङको विषयले गठबन्धनका दलहरु मात्रै होइन। हरेक दलभित्र यो छलफलको विषय बन्न पुगेको छ। यस पटकको राष्ट्रियसभाको निर्वाचनको परिणामले राष्ट्रियसभाको राजनीतिक शक्ति सन्तुलनमा हेरफेर ल्याएको छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर