केन्द्रीय विद्यालयमा भर्ना गरिदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

ठगी गरेको आरोपमा काठमाडौंबाट एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सप्तरी शम्भुनाथ नगरपालिका-२ कचनदाहा घर भएर हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका बस्दै आएका ४० वर्षिय श्रीकान्त राउत रहेको प्रहरीले जनाएको छ।

उनले आफ्नो विभिन्न राजनीतिक नेतृत्वसँगै देशी विदेशी शक्ति केन्द्रका प्रभावशालि व्यक्तित्वहरूसँग नजिकको सम्बन्ध रहेको भनि सर्वसाधारणलाई विभिन्न बहाना बनाई ठगी गर्ने गरेको खुलेको प्रहरीले बताएको छ।

यसैक्रममा उनले एक जनालाई केन्द्रीय विद्यालयमा पढाउन मिलाई दिन्छु भन्दै २ लाख ठगी गरेको जाहेरी परेको र उनलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर