निःशुल्क विद्युत् वितरण गर्ने निर्णय भएको छैन, भ्रमको पछि नलाग्नू : प्राधिकरण

नेपाल विद्युत् प्राधिकरणले निःशुल्क विद्युत् वितरण गरिएको भन्ने भ्रममा नपर्न आग्रह गरेको छ । नयाँ वर्षको अवसरमा प्राधिकरणले आफ्ना ग्राहकलाई सय युनिट विद्युत् निःशुल्क वितरण गरेको भन्ने भ्रम छर्ने काम सामाजिक सञ्जालमा भइरहेको भन्दै यसमा सत्यता नरहेको स्पष्ट पारेको हो ।

लोगो दुरुपयोग गरी त्यस्तो हल्ला गरिएको भन्दै कपोकल्पित सूचनामा विश्वास नगर्न प्राधिकरणले सार्वजनिक सूचना जारी गरेको छ ।  प्राधिकरणबाट जारी गरिएको आधिकारिक सूचनाबाहेकको हकमा प्राधिकरण जिम्मेवार नहुने समेत सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर