छानबिन समितिले एनसेल प्रतिवेदन आज सरकारलाई बुझाउँदै

एनसेलको सेयर बिक्रीबारे छानबिन गर्न गठन भएको उच्चस्तरीय छानबिन समितिले प्रतिवेदन तयार पारेको छ । डेढ महिनाभन्दा बढी समयमा अनुसन्धान गरेर समितिले प्रतिवेदन तयार पारेको हो । प्रतिवेदन तयार भएसँगै समितिले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाउने भएको छ ।

समितिका सदस्य सुजन काफ्लेले प्रतिवेदन तयार भएको र आजै प्रधानमन्त्रीलाई बुझाउने रातोपाटीसँग बताए । उनले प्रधानमन्त्रीको उपत्यका बाहिर जानुपर्ने कार्यक्रम रहेको र सो कार्यक्रमबाट फर्केपछि आज साँझतिर प्रतिवेदन बुझाउने बताए ।

सरकारलाई जानकारी नै नदिएर मलेसियन कम्पनी आजियाटाले एनसेलको सेयर बेलायती कम्पनी स्पेक्ट्रलाईटलाई बेचेको थियो । सो खरिद–बिक्री सम्झौतापछि राजनीतिक दलदेखि संसद्सम्म छानबिनको माग उठेपछि सरकारले समिति गठन गरेको थियो । मङ्सिर २१ गते ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *