परिवर्तनका विरूद्ध एउटा तप्का लागेको छ, यसको प्रतिवाद व्यापकरूपमा गर्नुछ : प्रधानमन्त्री प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनका विरूद्ध एउटा तप्का लागिरहेको त्यसको संगठितरूपले प्रतिवाद व्यापक अभियानका रूपमा गर्नुपर्ने बताएका छन्।

सोमबार प्रेस सेन्टर नेपालको २० औँ स्थापना दिवस तथा राष्ट्रिय परिषद् बैठक उद्‍घाटन गर्न वीरगञ्ज पुगेका प्रधानमन्त्री दाहालले परिवर्तनका विरूद्ध एउटा तप्का लागिरहेको त्यसको संगठितरूपले प्रतिवाद व्यापक अभियानका रूपमा गर्नुपर्ने बताएका हुन्।

‘लामो संघर्षपछि आएको परिवर्तनका विरूद्ध हल्का ढंगले टिप्पणी गर्ने र बदनाम गर्ने कामको निम्ति सोसल मिडिया प्रयोग गर्ने एउटा तप्का लागिरहेको छ। त्यसको प्रतिवाद हामीले संगठित रूपले व्यापक अभियानका रूपमा गर्नुछ। हामीले गर्नैपर्छ,’ उनले भने, ‘प्रेस सेन्टरमा आबद्ध साथीहरूले मेहनत गर्नुभएको तपाईंहरूले अझै मेहनत गरेर प्रतिक्रियावादी र प्रतिक्रान्तिकारी षड्यन्त्र र घेराबन्दीलाई बोल्नको निम्ति भूमिका खेल्नुहुनेछ। मेरो तपाईंहरुप्रति भरोसा बढेको छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर