सरकार आलोचित बनिरहेको अवस्थामा कांग्रेस सत्तामा झुण्डिरहन हुँदैन : कांग्रेस नेतृ संग्रौला

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले राष्ट्रिय सभा सदस्य निर्वाचनको समयमा कोशी प्रदेशमा भएको भोट क्रसले देशको राजनीति नै तरङ्गित बनेको बताएकी छन्।

आज (सोमबार) रिपोर्टर्स क्लब लुम्बिनी प्रदेशले बुटवलमा गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशीमा भएको त्रुटी सच्चाउँदै गठबन्धनलाई थप बलियो बनाउनुपर्नेमा जोड दिईन्।

उनले गठबन्धन ईमान्दारीपूर्वक अगाडि नबढे मूलुकमा ठूलो संकट आउने बताईन्। गठबन्धन जुन उद्देश्य र भावनाले अगाडि बढेको छ त्यहीँ अनुरुप व्यवहारमा कार्यान्वयन गर्नसमेत उनले दलका नेताहरूलाई आग्रह गरिन्।

‘यतिबेला गठबन्धनको सरकार छ। गठबन्धनमा ईमान्दारितापूर्ण काम नगरे संकटको अवस्था आउन सक्नेछ। कोशी प्रदेशमा भएको क्रस भोटले गठबन्धनमा केही अन्यौलता सिर्जना गरेको छ। यसलाई दोहोरिन नदिने गरि काम गर्न जरुरी छ,’उनले भनिन्।

सबै वडामा एकैपटक कांग्रेस, समुदायमा जाऔँ जनताका कुरा सुनौँ अभियानको शिलशिलामा जिल्ला अभियानमा रहेकी डा. संग्रौलाले देशको राजनीतिक अवस्थालाई सही मार्गमा ल्याउन कांग्रेसको विकल्प नभएको बताउँदै जनतामाझ भएका गुनासो सम्बोधन गर्न पार्टीले अभियान चलाएको बताईन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *