महामन्त्री थापाको दाबी : मधेशका माग पार्टीमा राख्ने मात्रै होइन समाधान गराउने पनि हो

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मधेशका माग आफ्नो पार्टीमा राख्ने मात्र नभएर पूरा गराउने दाबी गरेका छन्।

सोमबार समुदायमा कांग्रेस अभियानअन्तर्गत सप्तरीमा बोल्दै महामन्त्री थापाले मधेशका माग आफ्नो पार्टीमा राख्ने मात्र नभएर पूरा गराउने दाबी गरेका हुन्।

उनले भने,‘राष्ट्रियसभाको निर्वाचनमा पार्टीको महामन्त्री जस्तो जिम्मेवार पदमा रहँदा पनि केही विषयहरु उठाएर मैले फरक मत लेखेको कुरा ठीक लेखेछु भन्ने लागेको छ। तपाईंहरूले जे कुरा उठाउनुभएको छ, मेरो फरक मतको मूल विषय पनि त्यही थियो। अब यहाँबाट गइसकेपछि मैले सभापति र अरु नेता साथीहरुलाई काठमाडौंमा तपाईंहरूलाई लागेको जस्तो होइन रहेछ है, म मधेश घुमेर आउँदा जबरजस्त माग र गुनासो रहेछ। पार्टीले काम गर्ने विषयलाई मैले जोडदार ढंगले राख्नुपर्छ। राख्नेमात्रै होइन गराउने पनि हो।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *