अनलाइनमार्फत विभिन्न अवैध गेम खेलाउने ७ जना पक्राउ

अनलाइनमार्फत विभिन्न प्रकारका अवैध गेम खेलाउने सिराहाका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।

अनलाइनको सहायताले क्रिप्टो, बिटक्वीन, क्यास एपमार्फत जुवा, मिल्किवे, गेमभल्ट, फाइरकिरिन, भेगाज स्वीप्स, ओरियन स्टार्स जस्ता खेल खेलाउने ७ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।

यसरी पक्राउ पर्नेमा सिराहाको लाहान नगरपालिका १० बोटटोलका २४ वर्षीय मिथलेश कुमार मण्डल, सिराहाकै लक्ष्मीपुर पतारी गाउँपालिकाका २४ वर्षीय मुरारी साह, सिराहाकै लाहान १ शहिदचोकका २४ वर्षीय आर्यन साह, सोही ठाउँकै २४ वर्षीय अनिश कुमार रौनियार, २६ वर्षीय रोसन चौधरी जैसवाल, सिराहाकै सुकिपुर नगरपालिका २ का २३ वर्षीय शिवम् कुमार यादव र २४ वर्षीय हरिशंकर चौधरी रहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *