भाटभटेनीमाथि भएको कर निर्धारण र जरिवाना पूर्ण इजलासले गर्‍यो सदर

भाटभटेनी डिपार्टमेन्टल स्टोरमाथि लागेको कर छलिको आरोप सर्वोच्च अदालतको पूर्ण इजलासले पनि सदर गरेको छ।

मंगलबार न्यायाधीशहरू डा. कुमार चुडाल, टेकप्रसाद ढुंगाना र बालकृष्ण ढकालको पूर्ण इजलासले पुरानै आदेश सदर गरेको हो

सर्वोच्चले यस अगाडि सो प्रकरणमा भाटभटेनीलाई २ अर्ब रुपैयाँ राज्यकोषमा बुझाउनुपर्ने निर्णय गरेको थियो। पूर्ण इजलासको यो आदेशसँगै अब भाटभटेनीले कर, जरिवाना र ब्याज बापतको सो रकम राज्य कोषलाई बुझाउनुपर्ने भएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *