रामग्राम निजी कम्पनीलाई दिने निर्णय बदर गर्न माग

सरकारले रामग्राम स्तुप क्षेत्रको उत्थान, संरक्षण, संवद्धर्नको कार्य निजी कम्पनीलाई दिने निर्णय बदर गर्न माग गरिएको छ।

मंगलबार नवलपरासीको स्थानीय रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास संस्थालगायत स्थानीय राजनीतिक दलका कार्यकर्ताहरूले सरकारको उक्त निर्णय बदर गर्न माग गरेका हुन्।

‘लुम्बिनी विकास कोषले मिति २०६०।०६।२१ गतेको बैठकबाट भगवान गौतम बुद्धको अस्तिधातु रहेको स्थल रामग्राम स्तुप क्षेत्रको उत्थान, संरक्षण, संवर्द्धनका लागि निजी कम्पनी द प्रोमिस्ड प्रालि निजी कम्पनीलाई लिजमा दिएको भन्ने मिडियामार्फत सार्वजनिक हुँदा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ,’ रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास संस्थाले प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, ‘रामग्राम स्तुपको संरक्षण, सम्बर्द्धन एवम् विकास लुम्बिनी विकास कोषको अधिनमा रहेको हुनाले स्वयम् कोषले गर्नुपर्ने कार्य यसरी पुरातात्विक स्थल बदनीयतपूर्ण तरिकाले रामग्राम स्तुपको अस्तित्व नै भविष्यमा खतरामा पर्ने अवस्था नआउला भन्न सकिदैन। तसर्थ उक्त निर्णय बदर हुनुपर्छ र रामग्राम स्तुपको संरक्षण, सम्बर्द्धन एवम् विकास नेपाल सरकार वा सम्बन्धित निकायले स्वयम् गर्नुपर्छ भन्ने यसै प्रेस विज्ञप्ती मार्फत माग गर्दछौं।’

यस्तै, सरकारले गरेको सो निर्णयको प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको मंगलबार बसेको बैठकले पर्यटन मन्त्रालयलाई ७ दिनभित्र उक्त निर्णयका कागजातहरू पेश गर्न निर्देशन दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर