बागमती प्रदेशका पूर्वमन्त्री पौडेलको निधन

बागमती प्रदेशका पूर्व भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम पौडेलको सवारी दुर्घटनामा निधन भएको छ। चितवनको गैँडाकोट नगरपालिका–५ कालीगण्डकी चोकमा आज भएको दुर्घटनामा परी उनको निधन भएको हो।

इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४६ प ७७५९ नं को मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ग १ ख ८५४७ नं को जन्ती बोकेको बसले ठक्कँर दिँदा ६७ वर्षीय पौडेलको निधन भएको हो। दुर्घटनामा परी गम्भीर घाइते उनको उपचारका क्रममा भरतपुर अस्पतालमा निधन भएको हो। भरतपुर महानगरपालिका–१७ बनगाई निवासी पौडेल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि रहेका थिए।

नेता पौडेलका श्रीमती, दुई छोरा र एक छोरी छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *