भक्तपुरमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

भक्तपुरमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा शैलुङ गाँउपालिका वडा नं ७ घर भई हाल बोडे भक्तपुर बस्ने वर्ष ३३ को गणेश गिरी रहेका छन् ।

बिहिवार बेलुकी भक्तपुर मध्यपुर ठिमी नगरपालिका २ सानोठिमी स्थित अनुदानचोकमा गठ्ठाघरबाट अनुदानचोकतर्फ आँउदै गरेको प्रदेश नं ३-०२-००७प.१६६६ नं. को मोटरसाईकल आफै अनियन्त्रित भई बाटोको साईडमा रहेको फलामको बिजुलीको पोलमा ठक्कर खाई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भिर घाईते गिरीको उपचारको लागि नागरिक अस्पताल गठ्ठाघरमा गएरातीनै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना भएको मोटरसाईकल प्रहरी वृत्त ठिमी भक्तपुरमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर