गृहमन्त्रीको दुखेसो : लुटमा संलग्न भएको मान्छे समात्यो भने नेताहरू कराउन थाल्छन्

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले लुटमा संलग्न भएको राजनीतिक पृष्ठभूमि भएको मान्छे समात्योभने नेताहरू कराउन थालेको दुखेसो पोखेका छन्।

शुक्रबार पोखरामा सुरू गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले लुटमा संलग्न भएको राजनीतिक पृष्ठभूमि भएको मान्छे समात्योभने नेताहरू कराउन थालेको दुखेसो पोखेका हुन्

उनले भने, ‘लुटमा संलग्न भएको कोही राजनीतिक पृष्ठभूमि भएको मान्छे समात्यो भने नेताहरू कराउन थाल्छन्-हाम्रो पार्टी र गठबन्धन हो, प्रतिपक्षको हो भनेर त्यसरी अब चल्दैन। कर्मचारीले गल्ती गर्दा कारबाही गर्‍यो भने कर्मचारी संगठन बोल्न थाल्छन्।’

यस्तै, उनले उद्योगी व्यवसायीहरूले पनि अपराध गर्ने तर कारबाही गर्न थाले वक्तव्यबाजी सुरू गर्ने गरेको बताए। उनले भने, ‘उद्योगी व्यवसायी पनि अपराध गर्छन् र कारबाही गर्न थाल्यो भने वक्तव्यबाजी सुरू हुन्छ, दबाब सुरू हुन्छ। उद्योग व्यवसायीलाई यसो गर्न भएन नि! हामीले कर तिरेका छौं, अर्थतन्त्र धानेका छौं भन्छन्। हामीले भनेकै छौं त निजी क्षेत्रको सहयोगबिना नेपालको अर्थतन्त्रलाई सकरात्मक दिशामा लैजान सकिन्न। तर, कसैलाई पनि राज्यलाई लुट्ने छुट दिन सकिन्न।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर