लेबनानमा नेपाली शान्ति सैनिकको मृत्यु

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि लेबनानमा तैनाथ शान्ति सैनिकको मृत्यु भएको छ । पुरानो गोरख गण (शान्ति सेना) ६४औँ डफ्फामा कार्यरत सिपाही सुवास थापाको बिहीबार मृत्यु भएको हो ।

दोलखाका थापा गण हे.क्वा.को बंकरमा स्ट्यान्डबाई ड्युटीमा रहँदा आफैँले बोकेको हतियारबाट गोली लागेर घाइते अवस्थामा फेला परेको र त्यहीँ अस्पतालमा उपचारका लागि लाने क्रममा मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । ‘स्वर्गीय सिपाही सुवासको पार्थिव शरीर स्वदेश ल्याउन आवश्यक समन्वय भइरहेको छ,’ सेनाको विज्ञप्तिमा छ ।

हाल उक्त मिसन तैनाथ रहेको लेबनानको सीमावर्ती इलाकामा लडाइँ चलिरहेको छ । त्यसको मनोवैज्ञानिक असर वा अन्य कुनै कारणबाट उक्त घटना घटेको हो भन्नेबारे बुझ्ने कार्य भइरहेको सेनाले जनाएको छ । त्यहाँ कार्यरत शान्ति सैनिक फागुन दोस्रो साता स्वदेश फर्किने तयारीमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर